मल खरिद गर्न २८ अर्ब ८२ करोड अनुदान

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

आगामी आवमा ६ लाख टन रासायनिक मल खरिद गर्ने पौडेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us