
काठमाण्डू, १५ जेठ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याउने जनाएका छन् ।
आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याउने बताए ।
पौडेलले तराईका २२ जिल्लामा चैतेधानको उत्पादन वृद्धिका लागि ३३ करोड रुपैयाँ लगानी गरी चामलमा आत्मनिर्भर हुने कार्यक्रम लागू गरिने बताए ।
यसबाट वार्षिक १२ लाख टन धान उत्पादन वृद्धि हुने सरकारको अपेक्षा छ ।