राजावादीका लागि सर्वाधिक अनुकूल समय आयोः कमल थापा

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १५:१९ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय भएको दाबी गरेका छन ।

आगामी १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू भइरहेको छलफलमा राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले केही समयदेखि पानी बाराबारको अवस्थामा रहेका राजावादीहरू अहिले एकठाउँमा आएको भन्दै उनले अहिले आफ्ना एजेन्डाका लागि सर्वाधिक अनुकूल समय आएको दाबी गरेका हुन ।

उनले भने, ‘पानी बाराबारको अवस्थाबाट राजावादी एकठाउँमा उभिने अवस्थामा पुग्यौं, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेजीका लागि यो सर्वाधिक अनुकूल अवस्था आएको छ भन्ने रियलाइजेसन भएको छ ।’

उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताए । वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हो भन्ने खालको कानून बनाउन खोजेको थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us