काठमाण्डू, १३ जेठ– जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइन रहेको प्रहरीले जानकारी दिएको छ ।
सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा सत्तार राइनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिएका छन ।