भिजिट भिसा प्रकरणले संसद् प्रभावित

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयले प्रतिनिधिसभाको आजको बैठक प्रभावित भएको छ ।

आजको बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध जनाएका थिए ।

विपक्षी सांसदहरूले नारावाजी गर्दै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । त्यसअघि उनले माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनाललाई बोल्न समय दिएका थिए ।

दुवैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समितकिो माग गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us