काठमाण्डू, १३ जेठ– बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको छ ।
मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए। घटनाबारे थप जानकारी आउन बाँकी रहेको उनले जानकारी दिएका छन ।