कम्तीमा गृहमन्त्रीले राजीनामा दिने स्थिति आउँछः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने दाबी गरेका छन ।

आज (मंगलबार) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभई सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने पनि बताएका छन ।

उनले भने, ‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन, सरकारसँग पनि रिलेटेड छ, ‘कम्तीमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’ प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने पनि बताएका छन ।

प्रचण्डले बाबुरामले धेरै तह उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नु मात्रै रहेको पनि बताएका छन । उनले एकता प्रक्रियामा बाबुराम भट्टरालाई आफूले छोडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us