रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाण्डु टुडे २०८२ जेठ १३ गते ९:४७ मा प्रकाशित

सर्लाही, १३ जेठ– तपश्वीको आवरणमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा बम्जनलाई पुर्पक्षका लागि थुनामा आदेश दिएको हो ।
बमजनमाथि करीब ८ करोड रुपैयाँ बराबरको बिगो माग गरिएको छ ।

उनलाई २०८० पुसमा काठमाण्डूबाट पक्राउ गरी सर्लाही पठाइएको थियो । यसअघि उनले बलात्कार मुद्दामा भने उच्च अदालतबाट सफाइ पाएका थिए । हाल सम्पत्ति शुद्धीकरणको मुद्दामा उनलाई थुनामा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us