धनगढी, १३ जेठ– कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करले एकजना पैदल यात्रीको ज्यान गएको छ ।
भजनी–सुखड सडक क्षेत्रमा मंगलबार साँझ पौने ८ बजेतिर सुपप्र ०१–००९प८४५२ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय मानबहादुर चौधरीलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा घोडाघोडी अस्पतालमा पौने ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक स्थानीय २५ वर्षीय भरतबहादुर बम गम्भीर घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल पछाडि सवार लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।