
काठमाण्डू, १३ जेठ– न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने भ्रमणका सिलसिलामा नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी जेठ १५ गते काठमाण्डू अवतरण गर्नेछन् ।
न्यूजिल्याण्डका तर्फबाट हुन लागेको उच्च अधिकारीको यो पहिलो भ्रमण भएको अधिकारीहरुले बताएका छन् ।
नेपाल बसाइमा पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री अरुजु राणा देउवासँग भेटवार्ता गर्ने तालिका छ ।
भ्रमणका दौरान नेपाल र न्यूजिल्याण्डबीचको सम्बन्ध अझ बलियो र बहुआयाकिम बनाउनेबारे छलफल हुने बताइएको छ ।
उपप्रधानमन्त्री पिटर्स अष्ट्रेलिया, श्रीलंका, भारत र नेपाललाई समेटेर दक्षिण एसियाली क्षेत्रसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्यले क्षेत्रीय भ्रमण गरिरहेका छन् ।
यो भ्रमणलाई दक्षिण एसियाली मुलुकहरूसँगको न्युजिल्यान्डको सम्बन्ध थप प्रभावकारी बनाउने रणनीतिका रूपमा हेरिएको छ ।
यो भ्रमणले राजनीतिक, आर्थिक र सांस्कृतिक तहमा न्युजिल्यान्ड र नेपालबीचको सहकार्यलाई नयाँ आयाम दिने विश्वास अधिकारीहरुले गरेका छन् ।