तीनकुने घटनाका प्रतिवादीको बयान सुरु

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– जिल्ला अदालत काठमाण्डूमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु भएको हो ।

सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस स्रोतले जानकारी दिएको छ ।

जिल्ला अदालतकै न्यायाधीश पदमराज पाण्डेको इजलासमा सोमबारबाटै भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा अभियोजन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us