जागरण अभियानमा सहभागी हुन नेपालगञ्ज पुगे प्रचण्ड

काठमाण्डु टुडे २०८१ चैत १९ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, २० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) नेपालगञ्ज पुगेका छन । अध्यक्ष प्रचण्ड जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज पुगेका हुन ।

आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यसअघि माओवादी नेताहरू जागरण अभियान स्थगित गरेर समाजवादी मोर्चाले चैत १५ गते काठमाण्डूमा आयोजना गरेको प्रदर्शन र जागरण सभाका लागि काठमाण्डू आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us