अस्पतालले परिवारलाई जिम्मा लगायो सविनको शव

काठमाण्डु टुडे २०८१ चैत १८ गते १७:१५ मा प्रकाशित

काठमाण्डू, १९ चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारको जिम्मा लगाइएको छ ।

त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ । सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । १५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो ।

पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us