ज्ञानेन्द्रलाई तोकिएको जरिवाना पत्र लिएर भोलि निर्मल निवास जाँदै महानगर

काठमाण्डु टुडे २०८१ चैत १५ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, १६ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहालाई काठमाण्डू महानगरपालिकाले तोकेको जरिवानाको पत्र भोलि (आइतबार) निर्मल निवासमै लगेर बुझाउने तयारी गरेको छ ।

भोलि कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्‍याएर जरिवानाका पत्रहरू बुझाइने काठमाण्डू महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन । उनले भने, ‘आज शनिबार हो ।

भोलि ९आइतबार० कार्यालय समय खुलेपछि हामी निर्मल निवासमै पुगेर उक्त पत्रहरू बुझाउनेछौं ।’ महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us