प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाण्डु टुडे २०८१ फागुन १० गते १६:०८ मा प्रकाशित

काठमाण्डू, १० फागुन– प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ ।

आज शनिबार काठमाण्डूको राष्ट्रि सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले आत्मकथा लोकार्पण गरेका हुन ।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औं वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित पुस्तकको लोकार्पण समारोह आयोजना गरिएको थियो ।

समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्ति सहभागी रहेका थिए । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताएकी छन ।

पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकाली–ओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् । ‘म साहित्यकार, न लेखिका हुँ ।

त्यही पनि मनमा लागेका आफ्ना विचार कहिलेकाही लेख्ने गर्थें । त्यसैलाई आज पुस्तकका रूपमा ल्याएको छु,’ शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थें । मैले तत्कालीन समयको केपीसँग पनि त्यही कारणले विवाह गरें ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us