कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीकै मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १० गते १३:०८ मा प्रकाशित

काठमाण्डू, १० फागुन– कैलालीमा विषादी सेवन गरेका आमा र छोरी मृत अवस्थामा भेटिएका छन । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।

मृतकका छोराले दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले जानकारी दिएका छन ।

उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us