काठमाण्डु, १९ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेर थुनामा रहेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
गत कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाण्डुको बयान सकेर उनलाई मंगलबार चितवन लगिएको थियो ।