काठमाण्डु, १९ मंसिर– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पूर्वजनमुक्ति सेनाका कमाण्डर जनार्दन शर्माले प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध नहुने बताएका छन ।
आज (बुधबार) गणतन्त्र सेनानी कोषले राजधानीमा राखेको सम्मान कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन ।
उनले प्रचण्डकै नेतृत्व भएकाले संघीय गणतन्त्र ल्याउन सम्भव भएको पनि बताएका छन । उपमहासचिव शर्माले भने, ‘प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन ।
गणतन्त्र ल्याउनका लागि सम्पूर्ण श्रेय प्रचण्डलाई दिन चाहान्छु ।’ कार्यक्रममा जनयुद्धका धेरै कथाहरू र धेरै सत्यहरू उजागर गर्न बाँकी रहेको पनि उनले बताएका छन ।
त्यतिबेला युद्धमा मृत्यु कि मुक्तिको संकल्प बोकेर हिँडेकाले अझै धेरै काम गर्न बाँकी रहेको उनले बताएका छन ।