काठमाण्डु, १५ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज लिग आजदेखि सुरु हुँदैछ ।
‘एनपीएल फेस्टिभल अफ हिमालयज’ नाराका साथ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलोपटक एनपीएल हुन लागेको हो । र्कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको स्टार स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ । आठवटै टिमबाट एनपीएल खेल्न चर्चित विदेशी खेलाडी नेपाल आएका छन् । स्टार विदेशी खेलाडीको आगमनले पनि एनपीएलप्रति क्रिकेटका समर्थक उत्साहित भएका छन् ।
उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । विराटनगरको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिल शाहले गरेका छन् ।