प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षड्यन्त्र होः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १३:११ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र भएको दाबी गरेका छन ।

दुर्गा प्रसाईंले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरेको प्रचारलाई लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो आपत्ति जनाएका हुन ।

एमाले महासचिव पोखरेलले भनेका छन, ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र हो ।’

महासचिव पोखरेलले यस्तो प्रवृत्तिलाई विषवृक्षको रूपमा टिप्पणी गरेका छन् । ‘कुनै पनि समाजका लागि षड्यन्त्र र अराजकता त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विषवृक्ष हो,’ उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us