काठमाण्डु, ४ मंसिर– आज मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।