काठमाण्डु, ४ मंसिर– पश्चिम रुकुममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ ।
दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी प्रहरीले जानकारी दिएको छ । गएराति अन्दाजी २ः३० बजे घरायसी विवादको कारण दीपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मृतकका छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक दीपेन्द्र रावलले दीपालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन ।