सिन्धुलीमा जंगली भालुको आक्रमणबाट वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २ गते ४:३२ मा प्रकाशित

सिन्धुली, २ मंसिर-  सिन्धुलीमा जंगली भालुको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मरिण गाउँपालिका-१ कात्तिकेका ७२ वर्षीय गोपिलाल घिसिङको भालुको आक्रमणबाट मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

जंगलमा बाख्रा हराएपछि खोज्न गएका घिसिङलाई मरिण-१ कात्तिकेस्थित सिम्ले खोल्सीमा भालुले आक्रमण गरेको थियो ।

भालुले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको काफ्लेले बताए ।

 शव पोस्टमार्टमका लागि कपिलाकोट स्वास्थ्यचौकी मरिणमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us