एमालेको आन्दोलनका क्रममा नगर प्रहरीको गुप्ताङ्गमा प्रहार

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १८:१३ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– आज मंगलबार एमालेका जनप्रतिनिधिको संलग्नतामा पोखरा महानगरपालिकामा भएको विरोध प्रर्दशनको क्रममा एक जना नगर प्रहरी घाइते भएका छन् ।

आन्दोलनकारी र नगर प्रहरीबिच भएको धकेलाधकेलका क्रममा एक जना नगर प्रहरीको गुप्ताङमा प्रहार भएको हो ।

नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार हुँदा उनी घाइते भएको पोखरा महानगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले दिएका छन ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको पनि उनले जानकारी दिएका छन । उनले भने, ‘कसले हान्यो थाहा भएन । खोजी भइरहेको छ । अण्डकोषमा चोट छ ।

अहिले अस्पतालमा लगेर एक्सरे हुँदैछ ।’करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले धर्नासहित आन्दोलन गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us