काठमाण्डु, २० कात्तिक– प्रहरीले कैलालीबाट लागुऔषधको कारोबारको आरोपमा एक जना औषधि पसल सञ्चालक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरी रहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले मेडिकलमा प्रतिबन्धित लागुऔषध बिक्री गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरीएको जानकारी दिएका छन ।
चौधरीको मेडिकलबाट लागुऔषधको रूपमा प्रयोग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको उनले जानकारी दिएका छन । चौधरीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।