काठमाण्डु, २० कात्तिक– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्तिलाई कुवेतबाट पक्राउ गरीएको छ ।
धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको हो ।
उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गरी पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट असोज १८ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।