काठमाण्डु, २० कात्तिक– प्रहरीले काठमाण्डुको बौद्धबाट २० जुवाडेलाई पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको साथबाट ६ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र ६ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको काठमाण्डु प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन।