रास्वपाका उपसभापति अर्याल र प्रमुख सचेतक परियारले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल र सचेतक प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन ।

उनीहरुले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन । ‘सोमबार साँझ डीपी अर्याल र सन्तोष परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार आउनुभएको थियो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने,‘भेटमा के–के भयो भन्ने हामीलाई जानकारी हुने कुरा भएन ।’

रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी थुनामा राखेको भन्दै रास्वपाले कात्तिक ३ गतेदेखि नै विरोध प्रदर्शन गरिरहेको छ ।

विरोध प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र सरकारलाई चर्को गाली गरिरहेका छन् । भेटको क्रममा सभापति लामिछानेको विषयमा कुरा भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us