काठमाण्डु, १३ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले आज मंगलबार काठमाण्डुको बालुवाटरमा गरेको प्रदर्शनका क्रममा ५१ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन् । ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुमा एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो ।