काठमाण्डु, १३ कात्तिक– रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन ।
उनले समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने बताएका छन । उनले सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक संघर्षमा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन ।
उनले सरकार भने दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने ध्यानमा रहेको बताएका हुन । वाग्लेले सरकार आफूहरूलाई थर्काउने धम्काउने गलाउने रणनीतिमा लागेको भन्दै विरोध गरे ।
उनले भने, ‘धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई उन्मुक्ति दिने । जीबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन ।’ उनले रविलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको उल्लेख गरेका छन ।