कैलाली गोदावरीमा युवक मृत्युको घटनामा ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १४:०४ मा प्रकाशित
कैलाली, १३ कात्तिक–  प्रहरीले  कैलालीबाट जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले जानकारी दिएका छन  ।
गएको शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण बिकको मृत्यु घटनामा उनीहरुलाई पक्राउ गरीएको हो  । उनका अनुसार मृतक बिकका परिवारले उनीसँगै रहेका चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो ।
ओलानीमा जुवातास खेलिरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो । प्रहरी त्यहाँ नपुग्दै जुवातास खेलिरहेकाहरु भागेका थिए तर बिक भने भोलिपल्ट स्थानीय कुलोमा मृत अवस्थामा फेला परेका थिए  ।
सुरुमा जुवाखालबाट भाग्ने क्रममा बिकको मृत्यु भएको आशंका गरिएको थियो तर घटनामा बिकसँगै रहेका चार जनाको शंकास्पद भूमिका देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us