काठमाण्डु, १३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने बताएका छन ।
आज (मंगलबार) बालुवाटारमा जारी सडक प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन । यसका लागि एउटा प्राधिकरण बनाउनुपर्ने पनि ।
उनले भने, ‘सरकारले प्राधिकरण बनाओस् त्यसमा हामीलाई पनि राखोस्‚ ‘सबै त भन्दिन तर‚ ९० दिनभित्र बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ ।’ उनले पाँच लाख मुनिको बचत फिर्ता गर्ने आधार आफूहरूले गएको बजेटमै दिएको पनि बताएका छन ।