गृहमन्त्री लेखक र रास्वपा उपसभापति डीपी अर्यालबीच भेटवार्ता, रविबारे छलफल

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालबीच भेटवार्ता भएको छ । अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् ।

रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी दिएका छन । रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले जानकारी गराए ।

‘बालुवाटार केन्द्रित आन्दोलन भएको भएर शान्तिसुरक्षाको कुरा गर्न भेटेको हो । प्रदर्शन शान्तिपूर्ण हुने जानकारी गराँए,’ अर्यालले भने । सहकारी ठगी प्रकरणमा २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोधविरुद्ध भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

सभापति लामिछानेलाई दोस्रोपटक म्याद थपिएपछि रास्वपाले काठमाण्डुमा प्रदर्शन गर्दै आएको छ । आज गर्न लागेको सडक प्रदर्शनलाई रास्वपाले विशेष हुने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us