अनलाइनमार्फत ठगी गर्ने एक भारतीय पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– प्रहरीले अनलाइनमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उडिसाका ३० वर्षीय राजीव महानन्द रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनले विभिन्न सामाजिक सञ्जालहरुमार्फत सुनका गरगहना, आइफोनलगायतका सामानहरु पार्सल गरी पठाएको भन्दै प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुका बैंक खातामा रकम हाल्न लगाएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

अहिलेसम्म उनले १७ लाख ८२ हजार रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । मोरङको बेलबारी नगरपालिका–४ बाट पक्राउ परेका उनलाई ठगीको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us