डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगु नियन्त्रणमा लाग्न सबै लाई आग्रह गरेका छन । आज शुक्रबार सामाजिक सञ्जाल एक भिडियो सन्देश मार्फत प्रधानमन्त्री ओलीले सबैलाई यस्तो आग्रह गरेका हुन ।

प्रधानमन्त्री ओलीले देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन्। प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः ०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।

उनले डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्ने बतामएका छन ।

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन, ‘नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us