काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार डेंगु नियन्त्रण गर्ने उद्देश्यले सिंहदरबारभित्र सरसफाइ सुरु गरीएको छ । आज सिंहदरबारभित्रका कर्मचारीहरूले सरसफाइ गरेका हुन् ।
कर्मचारीहरुले सिंहदरबारभित्र रहेका रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छरेका छन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगु नियन्त्रण गर्न देशभरका सरकारी कार्यालयहरूमा सरसफाइ अभियान चलाउने निर्णय गरेको थियो ।
सोही अनुसार आज सिंहदरबारभित्रका कर्मचारीहरूले सरसफाइ गरेका हुन् ।