काठमाण्डु, ९ कात्तिक– कञ्चनपुरमा एक दम्पती बिछ्यौनामा मृत अवस्थामा फेला परेका छन । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमला बिछ्यौनामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ ।
दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिएका छन ।
उनले भने, ‘घटना शङ्कास्पद छ, मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान सुरु गरीएको छ ।