काठमाण्डु, ८ कात्तिक- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल नतिर्ने उद्योगहरुको लाइन काट्ने अडानबाट पछि नहटेको जानकारी गराएका छन् ।
हिबीहार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नन्त्रिपरिषद बैठकमा खड्काले त्यसबारे जानकारी गराएका हुन् ।
प्राधिकरण सन्चालक समिति बैठकमा बिहीबार बिहान घिसिङले लाइन नकाट्ने भए मन्त्रिपरिषदको लिखित निर्णय चाहिने अडान लिएका थिए ।
बोर्ड अध्यक्षसमेत रहेका खड्काले उद्योगको लाइन नकाट्न मौखिक निर्देशन दिएका थिए । तर घिसिङले मानेनन् ।
त्यसपछि रिसाएर खड्काले लाइन काटे सरकारसंग टसल हुने चेतावनी दिएको स्रोतले जनाएको छ ।
प्रधिकरणले साढे ६ अर्ब बढी महसुल नतिर्ने ४९ उद्योगहरुलाई ८ कात्तिकसम्मको लागि तीन महिनाको समयसीमा तोकेको थियो । उक्त समयसीमा आज राति १२ बजेबाट सकिंदै छ ।