दाङ, ८ कात्तिक– दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको लमही नगरपालिका–२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा–४ खडकपुर हाल लमही नगरपालिका–५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी रहेका छन ।
लमही नगरपालिका–२ रनियाँपुरका राप्ती नदीमा डुबेर उनीहरुको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। मृतक कृष्टी चौधरी कक्षा ८ मा, झरना चौधरी कक्षा ४ र निशा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् ।
मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।