काठमाण्डु, ८ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन ।
राष्ट्रपति पौडेलले आज बिहीबार नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
पौडेललाई राजदूतमा नियुक्ति गरिएको राष्ट्रपतिका कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका छन ।