काठमाण्डु, ८ कात्तिक– काठमाण्डुको आलोकनगरमा एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेल रहेका छन ।
काठमाण्डु महानगरपालिका–३१ आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको भएको हो ।