ओलीविरुद्ध प्रदर्शन गर्नेलाई पक्राउ नगरेको आरोपमा चितवनका सिडिओ र एसपी हटाइए

काठमाण्डु टुडे २०८१ कार्तिक ८ गते ८:५० मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक–प्रधानमन्त्री केपी ओलीको विरोध गर्नेलाई नियन्त्रणमा नलिएको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख एसपीको सरुवा भएको छ ।

गृहमन्त्री रमेश लेखकले सडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरुवा गरेका हुन् ।

यादवलाई मन्त्रालय र रिमाललाई प्रहरी मुख्यालय तानिएको छ । प्रकाश पौडेललाई सिडिओ र एसपीमा गौतम मिश्रलाई पठाइको छ ।

चितवनमा प्रधानमन्त्री ओलीविरुद्धको प्रदर्शन र पुत्ला दहन गर्नेलाई कारबाही नगरेको आरोप सिडिओ यादव र एसपी रिमालमाथि लगाइएको छ ।

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले भरतपुरमा ओलीको पुत्लादहन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us