बसको ठक्करबाट साइकलमा सवार हजुरबा र नातिनीको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते २०:२० मा प्रकाशित

झापा, ७ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकाकोको केरखामा बसले ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

प्र १– ०१ – ००१ ख ४३३१ नम्बरको बसले ठक्कर दिंदा कमल गाउँपालिका- ३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी  १० वर्षीया नातिनीको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विरोधमा स्थानीयले  राजमार्ग अवरूद्ध पारेका छन् । आक्रोशित भिडले ठक्कर दिने  बस तोडफोड गरेका छन् ।

दुवै पक्षसंग समन्वय गरी सडक खुलाउने तयारी भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us