काठमाण्डु, ७ कात्तिक– काठमाण्डुको कलङ्कीमा रहेको गण्डकी गेस्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन । काठमाण्डु महानगरपालिका–२१ जैसीदेवल घर भएकी २९ वर्षीया कञ्चन गौतम गेस्ट हाउसको कोठा नम्बर–२०३ मा मृत अवस्थामा भेटिएकी हुन ।
मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
असोज ५ मा साँझ उनी सो गेस्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।