काम गर्न नदिन सरकार ढल्ने हल्ला चलाइयोः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १६:३९ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइएको बताएका छन ।

आज (बुधबार) १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु प्नि फैलाउने गरिएको छ ।

यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो ।’ प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने सपना नदेख्न पनि आग्रह समेत गरेका छन । ओलीले भने, ‘कांग्रेस र एमाले जस्तो इतिहास र हैसियत भएको दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us