सरकारले १०० दिनमा जनतालाई ऋण मात्रै बोकायोः प्रभु साह

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको दाबी गरेका छन ।

काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको आरोप लगाएका हुन् । उनले वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए ।

‘विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो ।’ उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिमा सरकार भएको अनुभूत जनताले गर्न नपाएको समेत बताएका छन । सरकार विपक्षीहरुलाई तर्साउन लागि परेको आरोप पनि उनले लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us