भिड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– सत्तारुट दलहरुले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन आग्रह गरेको छ । त्यस्तै  रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतरा बढेको भन्दै संविधान र कानुनको पालना गर्न समेत सत्ताघटक दलहरुले अनुरोध गरेका छन ।

आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको पनि सत्तारुढ दलको निष्कर्ष निकालेको बताएका छन ।

बालुवाट बैठक पछि एमाले महासचि पोखरेलले भने, ‘ स्वभाविक रुपमा छानविन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ, ‘छानविन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानविन प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुदैन ।’

उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा यस्तो गलत प्रक्रिया कहिल्यै प्रयोग नभएको भन्दै नयाँ भनिएका राजनीतिक दल त्यसमा पनि रास्वपाले जुन प्रकारको संस्कार प्रस्तुत गरेको छ त्यसले लोकतन्त्रलाई डिरेल बनाउने खतरा रहने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us