रेल्पा, ७ कात्तिक- रोल्पामा सुत्केरी बोकेको जिप दुर्घटनामा दुर्घटना हुँदा नवजात शिशुको मृत्यु भएको छ ।
लु ३ च १६५६ नम्बरको बोलेरो जिप सुनिलस्मृति गाउँपालिका-४ कागडाँडामा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहीले लुंग्री गाउँपालिका-१ छिउधरका अमृत रोकाका दुई दिनका छोराको मृत्यु भएको हो ।
दाङमा सुत्केरी गराएर छोरा र श्रीमती लिएर अमृत घर जाँदै थिए । दुर्घटनामा घाइते भएका शिशुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको शाहीले बताए ।
यस्तै दुर्घटनामा जिप चालक लुङग्री गाउँपालिका-१ छिउधरका ३५ बर्षीय कुलबहादुर बिष्ट पनि घाइते भएका छन् ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।