पूर्वडीआईजी जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमबार पोखराबाट भैरहवा ल्याइएका जोशीसँग सोमबार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

अहिले साँढे १२ बजेको फ्लाइटमा लैजाने तयारी गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरलेले जानकारी दिएका छन ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई भैरहवा ल्याइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us