रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १२:१० मा प्रकाशित

रौतहट , ७ कात्तिक– रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनी रहेकी छन ।

करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिएका छन । खेतमा राखेको आफनै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा ल्याएलगत्तै बुधवार चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । शवको पोष्टमार्टम भै अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us